Nepal Life Insurance

नेप्से ७.२२ अंकले वृद्धि हुँदा, बीमा समूह १८.२७ अंकले वृद्धि

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार १६:१४

Beema News

बीमा न्युज,
पौष २०, काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्चेन्जमा वृद्धि आएको छ । नेप्से सात दशमलव २२ अंकले वृद्धि हुँदा बीमा समूहमा १८ दशमलव २७ अंकले वृद्धि भएको छ ।


बीमा समूहमा १८ दशमलव २७ अंकले वृद्धि हुँदा परिसुचक सात हजार तीन सय पाँच दशमलव १४ बिन्दुले बढेको छ । शून्य दशमलव २५ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड ३९ लाख ५४ हजार छ सय रुपैंयाको कारोबार भएको छ ।

 

कारोबार रकमको आधारमा तीन बीमा कम्पनीहरु सुचिको शिर्ष स्थानमा रहेका छन । जसमध्ये एशियन लाइफ इन्स्योरेन्सको १२ करोड २६ लाख ९५ हजार सात सय ९५ रुपैंयाको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय बीमा कम्पनीको दुई करोड ८५ लाख ९३ हजार तीन सय २६ रुपैंयाको कारोबार भएर शिर्ष सुचिको तेस्रो स्थानमा रहेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ४९ लाख २८ हजार नौ सय ७८ रुपैंयाको कारोबार भएर शिर्ष सुचिको चौथौं स्थानमा रहन सफल भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै रहेको छ । जसको एक सय ५६ पटक कारोबार भएको छ । शेयर संख्याको आधारमा एसियन लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेका छन । साताको अन्तिम दिन बिहीबार कमाउनेमा कुनैपनि बीमा समुह रहेका छैनन् । गुमाउनेमा भने एशियन लाइफको प्रमोटर शेयर र एनएलजी इन्स्योरेन्स रहेका छन ।

नेप्से सात दशमलव २२ अंकले परिवर्तन हुँदा परिसुचक १४ सय २३ दशमलव ८३ बिन्दुले बढेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १३ लाख ४९ हजार सात सय २९ कित्ता शेयरहरु पाँच हजार एक सय ५० वटा कारोबारबाट ५३ करोड ५० लाख ९२ हजार दुई सय १८ रुपेंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....