बीमा न्युज,
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त हुनभएको छ । स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट भई नियुक्त गर्न व्यवस्था छ । स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदा सम्मका लागि मन्त्रिस्तरीय निर्णयबाट डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।
यसअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा कार्यकारी निर्देशक रहेका डा. लोहनीले गत पुस १३ मा पदबाट राजिनामा दिएका थिए ।