Nepal Life Insurance

युनाईटेड इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार १७:२०

Beema News

बीमा न्युज,
काठमांडौ । युनाईटेड इन्स्योरेन्स कम्पनीले केही कर्मचारीहरु आवश्यक परेको जानकारी गराउदै विज्ञापन गरेको छ । कम्पनीले रिजनल म्यानेजरको लागि ६ जना र डिपार्टमेन्ट हेडको लागि ३ जनाको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि मास्टर डिग्री भएको, ३५ वर्ष ननाघेको र सम्बन्धित पदमा कामको २ वर्ष अनुभव हुनुपर्न कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले जुनियर अफिसर र अफिसर गरेर ५ जनाको माग गरेको छ । यसको लागि आवेदन दिन ब्याचुलर डिग्री सकेको, २५ वर्ष देखि ३५ वर्षसम्मको र काममा २ वर्षको अनुभव हुनुपर्नेछ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीले २० जना एसिस्टेन्टको पनि माग गरेको छ । एसिस्टेन्टको लागि ब्याचुलर डिग्री सकेको र २५ वर्ष ननाघेको हुनु पर्नेछ ।

उम्मेद्घारहरुले आवेदन दिनका लागि आफ्नो शैक्षिक प्रमाणपत्र, बायोडाटालाई कम्पनीको मेलमा पठाउन सक्नेछन ।खउम्मेद्घारहरुको छनोट मौखिक र लिखित परिक्षा बाट गरिनेछ भने पारिश्रम र सेवा सुविधा कम्पनीको नियम अनुसार प्रदान गरिनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....