Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, कम्पनीको खुद नाफा ३३.५९ प्रतिशतले वृद्धि

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार १७:४१

Beema News

बीमा न्युज,

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । आज शुक्रबार सम्पन्न भएको २१ औं सााधारण सभाले कम्पनीको खुदनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर २७ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको हो ।

साधारण सभामा कम्पनीको अध्यक्ष राम कृष्ण मानन्धरले २०७३/७४ को वार्षिक प्रतिवेदन पेश  गर्नु भएको हो । प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले अघिल्लो आ.ब को तूलनामा २६.७० प्रतिशतले व्यवसाय वृद्धि भई  १ अर्ब ४० करोड ९० लाख ८५ हजार प्रिमियम आर्जन गरी खुद मुनाफा २७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको कूल लगानी एक सय ३० करोड भन्दा बढी रहेको छ ।

 

बीमा समितिबाट चालू आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म चुक्तापूँजी पुर्याउन निर्देशन भए पछि गत जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको २४३ औं बैठकले समिक्षा वर्ष २०७३ र ०७४ को खुद मुनाफा तथा चालू आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट एक मुष्ठ बोनस शेयर जारी गरि नपुग बराबर हकप्रद शेयर जारी गरी चुक्तापूँजी एक अर्ब रुपैयाँ पुर्याउने निर्णय गरी पूँजी वृद्धि कार्य योजना बीमा समितिमा पेश गरिसकेको छ ।

 

समिक्षा वर्षको मुनाफा तथा चालू आर्थिक वर्षको मुनाफाबाट एक मुष्ठ लाभांश वितरण गर्ने गरी समिक्षा वर्षको वितरण योग्य मुनाफा १६ करोड ५३ लाख ९० हजार बासलातमा सारेको कम्पनीको अध्यक्ष मानन्धरले जानकारी दिए । सगरमाथा इन्स्योरेन्स कम्पनीकाले प्रधान कार्यालय सहित ४३ वटा शाखा र उपशाखा तथा ५ वटा एक्सटेन्सन कार्यालयहरुबाट बीमा सेवा उपलब्ध गराउदै आएको छ । कम्पनीको हालको चुक्तापूँजी ५३ करोड ८२ लाख रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....