बीमा न्युज
तनहुँ, युनियन लाईफ इन्स्योरेन्स कम्पनी तनहुँ शाखाले दमौलीमा अभिकर्ता अभिमुखकिरण तालिम सम्पन्न गरेको छ । शनिबार शाखाका प्रमुख राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कंम्पनीका पोखरा शाखाका सिनियर ऐजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गनाले नेपालमा बीमाको ईतिहास ,बीमाको आवस्यकता , आजको समयमा बीमाको महत्व, नेपालमा बीमाको बजारीकरणको अवस्था लगायतका बारेमा सहजिकरण गर्नु भएको थियो ।
नयाँ अभिकर्तालाई लक्षित गरी गरिएको अभिमुखकरण कार्यक्रममा शाखा प्रमुख श्रेष्ठले नेपालमै पहिलो पटक कंम्पनीले ल्याएको अग्रिम भुक्तानी तथा आजिवन जिवन बीमा योजना , सिमित भुक्तानी जिवन बीमा योजना ,सावाधिक तथा आजिवन जिवन बीमा योजना , सावाधिक जिवन बीमा योजना तथा बालबालिकाको उच्च शिक्षा अध्ययनको लागि बाल साबधिक जिवन बीमा योजना र समहुगत रुपमा गरीने समुहगत (म्यादी) जिवन बीमा योजनाका वारेमा प्रशिक्षण दिनु भएको थियो ।
तनहुँ शाखाका ऐजेन्सी म्यानेजर आर .सि पोख्रलले भबिष्यका लागि बचत तथा आईपर्ने जोखिम न्युनिकरणका लागी जिवन बीमा गर्नुपर्ने बताउनुभयो । बीमाको क्षेत्रमा बिगत देखि काम गर्नु भएका सहभागि विपीन श्रेष्ठले जिवन बीमाले आर्थिक बचत र जोखिम वहन गर्ने कार्य गर्ने हदा अभिकर्तालाई समेत आर्थिक समवृद्घि हासिल गर्ने राम्रो पाटो भएको बताउनु भयो ।
साथै उहाँले आर्थिक बचत र जोखिम वहन गर्ने सहज र सुलभ माध्यम हुदा आफुलाई मात्रै हैन परिवारको भविष्यलाई सोचेर अगाडी बढनुपर्ने बताउनुभयो । बीमाको पहुँच अभिवृद्धि गर्न तथा हालको बीमा बजारको माग र रोजाई अनुसारको योजना ल्याएको हुदा युनियन लाईफ आफ्नो पहिलो रोजाई भएको शाखाका अर्को ऐजेन्सी म्यान्ेजर शिखरलाल डोटेलले कार्यक्रममा आफ्नो अनुभव आदनप्रदान गर्दै बताउनुभयो ।
यसै बर्षबाट सञ्चालित युनियन लाईफ इन्स्योरेन्स देशकै प्रतिष्ठित गोल्छा, जगदम्बा, न्यौपाने , टिपडेवाल र गाडिया गु्रप सँगै राजेश हार्डवेयरको लगानी रहेको छ । २ सय १५ करोडको लगानीमा सञ्चालित यस कम्पनी सञ्चालनको पहिलो त्रैमासिकमै ३ करोड बढी मुनाफा हासिल गर्न सफल भएको कंम्पनीको दावि छ ।
पोखरा ,धरान भैरहवा , वुटवल, घाईघाट, डडेलधुरा, महेनद्रनगर , बैतडी जस्ता अधिकाश शहरहरु संगै नेपालमा ३९ वटा शाखा रहेको यस कम्पनीले छिटै सर्वसाधरणका लागि ६४ करोड ५० लाख रुपैया वरावरको शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेन्ट वैकिङ्ग लिमिटेड संग सम्झौता समेत गरिसकेको छ । शेयर निष्कासनका लागि केही दिन अगाडी मात्रै युनियन लाइफका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण र एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फ बाट संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।