Nepal Life Insurance

नेप्से १२ अंकले वृद्धि हुँदा, बीमा समूहमा १२२.१६ अंकले वृद्धि

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार १६:०४

Beema News

बीमा न्युज,
पौष २४, काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्चेन्जमा वृद्धि भएको छ । नेप्से १२ अंकले वृद्धि हुँदा बीमा समूह एक सय २२ दशमलव १६ अंकले वृद्धि भएको हो ।

बीमा समूहमा एक सय २२ दशमलव १६ अंकले वृद्धि हुँदा परिसुचक सात हजार पाँच सय ९३ दशमलव १७ अंकले बढेको छ । एक दशमलव ६४ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहमा १४ करोड ८४ लाख ७६ हजार रुपैंयाको कारोबार भएको छ ।


सोमबार कारोबार रकमको आधारमा दुईवटा बीमा समूह शिर्ष सुचिमा रहेका छन । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स आठ करोड २६ लाख १७ हजार सात सय ४६ रुपैंयाको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्सको एक करोड १७ लाख ४३ हजार तीन सय ५९ रुपैंया कारोबार भएको छ ।

 

कारोबार संख्याको आधारमा आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ । जसको चार सय ७१ पटक कारोबार भएको छ । सोमबार कमाउनेमा एशियन लाइफ इन्स्योरेन्स मात्र रहेको छ भने गुमाउनेमा कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन् ।

नेप्से १२ दशमलव शून्य अंकले वृद्धि हुँदा परिसुचक १४ सय ४३ दशमलव ८० बिन्दुले बढेको छ । नेप्सेमा एक सय ५७ कम्पनीका आठ लाख ५५ हजार एक सय ३९ कित्ता शेयरहरु चार हजार चार सय ५४ वटा कारोबारबाट ४६ करोड ४६ लाख ३९ हजार आठ सय २० रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....