Nepal Life Insurance

प्रिमियर इन्स्योरेन्सले १३.५२ प्रतिशत लाभांस वितरण गर्ने, एफपीओ लगानी कर्ताले समेत पाउने

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार १२:१४

Beema News

बीमा न्युज,
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लाभांस दिने भएको छ । कम्पनी केही दिन अघिमात्र बिक्री गरेको साढे छ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) ले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको हो ।

कम्पनी संचालक समितिले १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले उक्त बोनसमा कर बापत लाग्ने ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांस समेत वितरण गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपीओ पूजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । जसको १३.५२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५८ करोड नाघ्ने छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....