Nepal Life Insurance

हिमालयन जनरलको २४ वर्ष पुरा, आफ्नै कर्पोरेट भवन निमार्ण गर्ने

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार १४:५७

Beema News

बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरेको छ । सोहि अवसरमा काठमाण्डौंको बवरमहलस्थित आफ्नै स्वामित्वको साढे दुई रोपनी जग्गामा कम्पनीको कर्पोरेट भवन निमार्ण गर्ने प्रकृया शुरु गरेको छ ।

भवन डिजाईनको लागि सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) सँग सम्झौता गरिएको छ । सम्झौता पत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोनाका अध्यक्ष सुमन नाथ बैद्यले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिनेछ । सोनाले आव्हान गरिने भवन डिजाईन प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी जनाउन सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई एक लाख ५० हजार र दुई जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने छ । उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराईने छ ।

कम्पनीले आफ्नो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाई समेत आफ्नो प्रतिभा देखाउन समान अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....