Nepal Life Insurance

एशियन लाइफ इन्स्योरेन्सको बुक क्लोज माघ ८ गते

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार ११:५६

Beema News

बीमा न्युज,
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्न माघ ८ गते बुक क्लोज गर्ने भएको छ । माघ ७ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सकिन्छ ।

एशियन लाइफले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले नियुक्त भैसकेको छ ।

बीमा समितिले तोकेको दुई अर्व चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेको हो । हाल एशियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रहेको छ । यो हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी एक अर्व २० करोड ८३ लाख ८९ हजार पुग्नेछ ।

चालु आर्थिक पर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड ५८ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको छ । कम्पनीको प्रति शेयर आम्दानी सात रुपैंया ८६ पैंसा प्रति शेयर नेटवर्थ एक सय २५ रुपैंया ५४ पैंसा रहेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....