Nepal Life Insurance

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर आउदै

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार १३:४३

Beema News

बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर बिक्रि गर्ने भएको छ । हिजो मंगलबार धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न कम्पनीले अनुमति प्राप्त गरेको हो । कम्पनीले २ः१ अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर विक्री गर्न अनमुति पाएको हो ।

 

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न गत असोज १० गते सम्पन्न २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले मंसिर ५ गते हकप्रद जारी गर्न निवेदन पेश गरेकोमा पुस २५ गते अनुमति पाएको हो ।

 

७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद विक्रीपछि एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ । बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीलाई न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन गरेको छ ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....