Nepal Life Insurance

बैंकले बीमा अभिकर्ताको काम खोस्दै, सबै अभिकर्ताले अनुमतिपत्र बीमा समितिमा बुझाउने

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार १८:००

Beema News

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीसंग बीमा क्षेत्रमा अभिकर्ताको अवसर चुनौति लगायत समसामयिक विषयमा बीमा न्युजका लागि अरुण पाख्रेनले गर्नुभएको कुराकानीको सम्पादित अंश

 

बीमा अभिकर्ताहरुलाई नेपाली बीमा क्षेत्रमा कस्तो अवसर रहेको छ ?
नेपालको बीमा व्यवसायमा अभिकर्ताहरुलाई प्रसस्त अवसरहरु रहेका छन । यस अवस्थामा अभिकर्ताहरुले दक्ष तथा अनुभवी भएर अगाडी बढ्ने हो भने पक्कै पनि प्रसस्त अवसर रहेको छ ।

नेपालको सन्दर्भमा बीमा व्यवसायमा १८ जीवन बीमा र १७ निर्जीवन बीमा कम्पनीहरु रहेका छन । यस सन्दर्भमा युवाहरु तथा अभिकर्ताहरुलाई थुप्रै रोजगारको अवसरहरु रहेको छ ।

बीमा अभिकर्तासंघले अभिकर्ताहरुका लागि के गर्दै आइरहेको छ ?
बीमा अभिकर्तासंघले अभिकर्ताहरुका हकहितका लागि समय समयमा जागरण कार्यक्रमहरु, विभिन्न निकायमा आवाजहरु उठाइ रहेको र नयाँ आउने अभिकर्ताहरुलाई हामी आफैले पनि बीमा कसरी गर्ने भन्ने विषयमा सिकाइ रहेका छौ । तथापी यसरी नै बीमा कम्पनीमा लामो समय सम्म पनि काम गरेर आफ्नो भविष्य राम्रो बनाएरका अभिकर्ताका उदाहरण समेत रहेका छन । त्यसैले बीमा अभिकर्तासंघको तर्फबाट हामी अभिकर्ताका हकहित र अधिकारका लागि जुनसुकै बेलामा पनि लागि रहेका छौ । लागि रहने छौ ।

बीमा ऐन २०७२ मा रहेर तपाईहरुले राखेको नौ सुत्रिय मागको कार्यान्वयन भयो की भएन ?
बीमा अभिकर्तासंघको तर्फबाट हामीले २०७२ असारमा नौ सुत्रिय मागहरु गरेका थियौ । यस सन्दर्भमा बीमा अभिकर्ताहरुले पाउने गरेका खाइपाएका सुविधाहरु कम्पनीले बीमा समितिले नदिनु भनेको अथवा कटौती गरेको छ । बैदेशिक रोजगारमा जाने व्यक्तिहरुको बीमा गराउने सन्दर्भमा अभिकर्ताले कमिसन नपाउने, बेदेशिक रोजगारमा बीमा गराउने व्यक्ति अहिले अभिकर्ता तथा म्यानपावर कम्पनीकबाट मात्र सफल भएका छन । यो कार्य राज्यले बीमा क्षेत्रलाई अनिवार्य रुपमा जवरजस्त गराएर मात्र अलि सफल भएको देखिन्छ ।

 

अन्य कम्पनीहरुले तलव सुविधा बढाउने, पेन्सन भत्ता लगायतका सेवा सुविधा थपिदै आएको बेलामा हाम्रा थपिने सेवा सुविधाहरु पनि झन कटौती हुँदै जाने हो भने अभिकर्ताहरुले के गर्ने भन्ने विषय लगायत अन्य नौ सुत्रिय मागहरु गरेका थियौं । ती मागहरु त पुर्ण रुपमा कार्यान्वयन भएका छैनन् । केहि हदसम्म बीमा अभिकर्ताले गरेका मागहरु सफल भएका छन ।

संस्थागत, अनलाइन बीमा लगायत बैंकासुरेन्सको माध्यमबाट बीमा गर्न थालेका छन् । अब अभिकर्ताहरुको भुमिका के हुन्छ ?
अनलाइन सेवा संस्थागत रुपमा हुनु राम्रो हो । तर अहिले बीमा अभिकर्तामा बैंकहरुले अभिकर्ताहरुको काम गरिरहेको छ त्यो बैंकले अभिकर्ता भएर नै काम गर्नु पर्यो । यसमा बैंक भनेको अभिकर्ता होइन । बैंकले नि अभिकर्ताको उदेश्यका साथ जन्मिनु पर्यो । तब मात्र त्यसलाई कानुनी प्रवाधान मान्न सकिन्छ । बैंकहरुले अहिले अभिकर्ताको रुपमा काम गर्दै आइरहेको छ । त्यो अभिकर्ताहरुको काम खोसे जस्तै भइ रहेको छ । बैंकले जुन काम गरिरहेको छ, त्यो नितान्त गलत हो ।

बैंकले बैंकमा कुनैपनि व्यक्तिका खाताहरु हेर्न मिल्दैन तर बैकले आफु बीमा गर्नका निमित्त उनीहरुले व्यक्तिका खाता हेरि रहेका छन । आफ्नो फाइदाका लागि यो कार्य गर्नु भनेको नराम्रो हो ।

अनलाइन बीमा अब कहिले आउँछ त भन्दा जबदेखि नेपालमा बीमाको ज्ञान यथेस्ट हुनुसक्छ । बीमा के हो बुझेको छैन अनि नबुझी कति बीमा भर्न सक्छ ? अहिले के भइ दिएको छ भने यताउता आफ्ना नातागोता हुन्छन साथीभाईको भरमा बीमा गरी रहेका हुन्छन । कुनैपनि अभिकर्ताले नचिनेको मान्छे अथवा ठाउँमा गएर बीमा गरेको कमै भेटिएको छ । त्यसैले यस्तो बेलामा अनलाइनबाट बीमा गराउदा कतिको जागरुक होलान त ? झन यो प्रणालीमा बीमा गर्ने संख्या घटेर आउन सक्छ । किन भने बीमा गर्ने व्यक्तिहरुले बुझेका हुदैनन् ।

पछिल्लो समय बैकांसुरेन्स गर्ने बीमा कम्पनीहरु बढिरहेका छन । यसले त अभिकर्ताहरुलाई थप चुनौती छ । अब अभिकर्ताहरु कसरी अघि बढ्ने ?
अहिले नयाँ कम्पनीहरु आइरहेका छन । जसको बैंक, फाइनान्स, र बीमा कम्पनीहरु पनि चलाइ रहेका छन् । नेपालमा एउटै घरानाकाले बैंक, इन्स्योरेन्स, फाइनान्स र उद्योगहरु पनि चलाउने गरेको छ, यो चाहिँ विकृति हो । राज्यले तोक्नु पर्छ, कुनै पनि घरानाले एउटा एउटा सेक्टरमा लगानी गर्नुपर्छ । बैंक चलाउनेले इन्स्योरेन्स कम्पनी चलाउनु हुदैन ।

यसले गोलमाल गर्छ । पहिला इन्स्योरेन्समा त्यति ध्यान थिएन । अहिले जब यो तरलताको अभाव देखियो इन्स्योरेन्स कम्पनीमा प्रशस्त पैसा जम्मा हुने र इन्स्योरेन्स कम्पनीबाट ब्याज तिरेर उनीहरुले लानु पर्ने अवस्था सिर्जना भयो अनि पैसा त यहाँ पो रैछ त भनेर ति घरना लागि परेका हुन । यसले के हुन्छ भन्दा राम्रो भन्दा नराम्रो हुन्छ । किन कि बचत गर्ने बैंकको काम हो भने बीमा गराउने बीमा कम्पनीहरुको काम हो ।

अब अभिकर्ताहरुको त पेशा धरापमा पर्न लागि सक्यो । यसरी नै गयो भने त अभिकर्ताहरुले त कुनै काम नै पाउदैनन । बैंक, फाइनान्स र लघुवित्तहरुले आफ्नो मात्र काम गर्नुपर्छ । बीमा गराउने काम बीमा कम्पनीको हो । अभिकर्ताहरुको हो । अरुको होइन । त्यसकारण यि सस्ंथाहरुले आफ्नो काममा मात्र ध्यान दिउन भन्ने बीमा अभिकर्ता संघको धारणा हो ।

 

 

बैंकासुरेन्स सन्दर्भमा अभिकर्ता संघले कस्तो तयारी गर्नुभएको छ ?
अभिकर्ताहरुले धेरै दुख गरेर बीमाको प्रचार प्रसार गरेका हुन्छन । अभिकर्ताको काम चाहिँ फेरी बैंकले गर्न थालेका छन । अब हाम्रो तयारी भनेको सारा बीमा अभिकर्ता लाइसेन्स लगेर बीमा समितिमा बुझाइ दिने हो । अनि बैंकले मात्र कति बीमा गर्ने रहेछ त्यो पनि हेर्नुपर्छ । कम्पनी आफैले अनलाइनको भरमा कति बीमा गर्न सक्ने रहेछ । त्यो पनि हेर्न बाकिँ छ ।

अभिकर्ताले बजारमा गएर कम्पनीको प्रचारसंगै बीमा पनि गर्दै आइरहेको छ । त्यसको अवस्थामा अभिकर्ताले गरेको काम बैंकले तान्यो भने अप्ठ्यारो हुन जान्छ त्यसैले सबै काम एउटै कम्पनीले गर्नु हुँदैन । अर्को कम्पनीलाई नी केहि न केही काम गर्न दिनुपर्यो । सबै काम आफै गर्नु हुदैंन भन्ने अभिकर्ताहरुको माग हो ।

 

बीमा कम्पनीको मेरुदण्ड अभिकर्ता हो । अभिकर्ता संघले नेपलाको बीमा क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
बीमा क्षेत्रमा राज्यको एउटा निश्चित निति नियमहरु हुन जरुरी देखिन्छ । राज्यले बीमाका विषयमा विभिन्न कार्यक्रमहरु ल्याउनु पर्यो । यस क्षेत्रमा चेतना जोगाउने, शिक्षा मूलक कार्यक्रमहरु गराउने, बीमाका सुचनाहरु प्रवाह गर्न आदि इत्यादी । राज्यले यस्ता किसिमका कार्यहरु गर्दै गयो भने पक्कैपनि अभिकर्तालाई झन बढी सहयोग मिल्ने देखिन्छ ।

कृषि बीमामा अभिकर्ताहरुलाई सहभागि गराएको छैन । यसमा बीमा अभिकर्ताहरुलाई नै लगायो भने अझ प्रभावकारी हुन्थ्यो । राज्यले पनि यस किसिमका निति नियमहरु ल्याउनु जरुरी रहेको छ ।

बीमा समिति अहिले सम्म चलेको भनेकै जनताको पैंसाबाट चलेको हो । यसमा सरकारले पनि बीमा सम्बन्धी बजेट छुट्याउनु जरुरी छ । बीमा चेतना अभिवृद्धिका लागि पनि सरकारले सुचनामुलक कार्यक्रमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका, स्वास्थ्य संस्था केन्द्रमा यसको प्रचार हुनुपर्यो ।

राज्यले जुन सामाजिक सुरक्षा भत्ता दिइरहेको छ त्यसको साटोमा स्वास्थ्य बीमा दिएको भए कति बिरामीले उपचार खर्च पाउन्थ्ये । बीमा क्षेत्रका लागि सरकारले बजेट छुट्टयायो भने बीमा झनै प्रभावकारी हुन्थ्यो ।

यसमा नियमक निकाय बीमा समिति र बीमा कम्पनी जिम्मेवार छन की छैनन ?
बीमा कम्पनीहरुले पनि आफुले बोलेका कराहरु पुरा गर्नु पर्यो । अभिकर्ताहरुलाई दिन्छु भनेका कुराहरु दिनुपर्यो । बीमा कम्पनीहरुले पनि आफ्ना अफिसहरु पनि चुस्तदुरुस्त चलाउनु पर्यो । जनतालाई ढाट्ने कामहरु गर्नु भएन । जे बोल्छौ दस्ताबेजका रुपमा आउनुपर्यो ।ब्रोसरहरुमा पनि प्रष्ट रुपमा लेखिनु पर्यो । अभिकर्ताहरुलाई झुक्याएर बीमा गराउन लाउनु भएन । बीमा भनेको दुई पक्ष बिचमा गरिने करार सम्झौता हो । यो जनताका माझमा झुक्याएर गर्न मिल्दैन । त्यसैले नियमक निकाय र बीमा कम्पनीहरु जिम्मेवारी हुनु जरुरी देखिन्छ ।

 

बीमितहरुसंग अभिकर्ताहरुको राम्रो समन्वय भएन भने पोलिसीहरु त धरापमा पर्छन नि होइन ?
अभिकर्ता साथीहरु पनि आफुले बीमा गराएको बीमितहरुकोमा नियमित नगैदिने, समयमा शुल्क उठाएर नर्तिदिने कुराहरु यताकता सुन्नमा आउछन, यो गलत हो । अभिकर्ताहरुले पैसा ल्याईसकेपछि उसले सुरुमा बीमा गराउँदा जुन ढंगबाट मोटिभेसन गराएर बीमा गराएको थियो, सोहि अनुसारको व्यवहार गर्नुपर्दछ । बीमा अवधि समाप्ति पछि बीमितको हातमा चेक पार्ने सम्म अभिकर्ताले दायित्व हो ।

फेरि ग्राहकहरु पनि बीमा गराए पछि बीमा शुल्क दुईचार वर्ष तिर्ने र आर्थिक संकट परेपछि बीचमा नै छोडदिने, अवधि लामो भयो भनेर झनझट मान्ने जस्ता समस्याहरु छन् । तर जे जस्तो भए पनि हामीले तपाईँले बीमा अवधिको समयसम्म बीमा शुल्क तिर्नुपर्छ, बीचमा छोडनु भयो भने तपाईलाई घाटा लाग्छ भनेर भन्नु पर्छ । पहिला बीमा गराउदा लोभ देखाउने पछि यर्थाथ बुझे पछि शुल्क नर्तिने पनि हामीले भेट्छौं । त्यस्ता अभिकर्ता गलत हुन ।

 

त्यस्ता अभिकर्ताहरुलाई चाहिँ के कस्तो कारबाहीको व्यवस्था छ ?
कारबाहीको नियम व्यवस्था भन्दा पनि हाम्रो ऐनले चाहिँ ग्राहकले अनुरोध गरेमा पैसा लगिदिएर र्तिदिने तर उ जानै पर्छ भन्ने चाहिँ छैन ।

यति हुदाँ पनि अभिकर्ताले पनि सहयोग गर्नुपर्छ तर ऐनले चाहिँ के भन्छ भने ग्राहकले अनुरोध गरेको खण्डमा अभिकर्ताले पैसा बुझेर बुझाउनु पर्ने व्यवस्था छ । त्यसकारण बीमा अभिकर्ताले बीमा अवधि समय सम्म ग्राहकलाई सहयोग गनुपर्छ ।

 

अभिकर्ताहरुलाई तपाईको सन्देश के छ ?
अभिकर्ता बन्नको लागि कम्तीमा एसइइ एसएलसि पास गरेको हुनुपर्दछ । यसमा अरु कम्पनी तथा अफिसहरुमा जस्तो दश पाँचको जागिर जस्तो हुँदैन । अभिकर्ता बन्न धेरै जटिल छ । बीमाको गहिराईमा पुगेर जनताको सेवा गर्नु पर्दछ ।

जागिर खाए जस्तो यसमा छैन किन भने दुख गर्नुपर्छ । साँझ बिहान नभनी जतिखेर पनि आफ्नो पेशामा लागि रहनुपर्छ । यति दुख गरि सकेपछि आफ्नो पनि भविष्य .राम्रो हुन्छ । आफुले दुख गर्नुपर्छ जुनसुकै क्षेत्रमा पनि सफल भइन्छ । दत्तचित्त भएर काम गर्नुपर्छ । नयाँ आउँन चहाने युवा तथा अभिकर्ता बन्न चहानेहरुलाई बीमा क्षेत्र बुझेर आउनुहोस भन्न चाहन्छु ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....