Nepal Life Insurance

आइएमई लाइफले ६० करोडको आइपीओ जारी गर्ने

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार १०:३६

Beema News

बीमा न्युज,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित भएको हो ।

कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । एक अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी रहेको छ । ६० करोडको आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

 

साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले प्रधान कार्यालय सहित देशभर ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आएको र सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको जानकारी दिनुभयो ।

 

वार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी,संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ । त्यसपछि संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....