Nepal Life Insurance

विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै नेविसंघद्धारा हस्ताक्षर संकलन अभियान

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार १५:०१

Beema News

बीमा न्युज,
पौष २७, काठमाडौ । नेपाल विद्यार्थी संघले निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेका छन । नेपाल ल क्याम्पस, रत्न राज्य लक्ष्मी क्याम्पस (आर आर) र विश्व भाषा क्याम्पसबाट हस्ताक्षर अभियान सुरु गरेका हुन ।

 

हस्ताक्षर संकलन अभियानको सुरुवात नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्प कुमार शाही, सह महामन्त्रि प्रेमराज जोशी लगायत विभिन्न क्याम्पसका विद्यार्थी नेताहरुले गरेका थिए ।

संविधान २०७२ को भाग तीन धारा ३५ ले व्यवस्था गरेको मौलिक हक अन्तर्गत पर्ने स्वास्थ्य बीमा लगायतका अन्य थुप्रै मागहरु सहित नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वको एक टोलीले गत २४ गते सोमबार प्रधामन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझएका थिए ।

 

नेविसंघले आफुले गरेका मागहरुको सुनुवाइ नभएमा हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, दबाब र्याली सहितका विभिन्न कार्यक्रम गर्ने भनेर सोमबार प्रधानपन्त्री देउवा समक्ष भएको भेटघाट तथा ज्ञापन पत्रमा उल्लेख गरिएको थियो । आफुले गरेका मागहरुको सुनुवाई नभएपछि बुधबार  दबाबमुलक कार्यक्रम अन्र्तगत पहिलो चरणको हस्ताक्षर संकलन अभियान सुरु गरेको नेबिसंघले जनाएको छ ।

 

नेबिसंघले गरेको हस्ताक्षर संकलन अभियानमा नियमित विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा सहित अन्य मागहरु एकदम जायज रहेकाले उक्त अभियानमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनहरुले पनि आफ्नो ऐक्यवद्धता जाहेर गरी हस्ताक्षर गरेको नेबिसंघले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....