Nepal Life Insurance

स्वास्थ्य बीमा प्रवाभकारी बनाउन, जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार १४:१८

Beema News

बीमा न्युज,
बैतडी । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बैतडीका जनप्रतिनिधिहरूलाई अभिमुखिकरण तालिम दिन सुरु गरिएको छ । नगरपालिका, गाँउपालिका र वडाका हरेक नागरिकले बीमा गराउन भन्ने उद्देश्यले सबै जनप्रतिनिधिहरूलाई तालिम सुरु गरिएको स्वास्थ्य बीमा समिती बैतडीले जनाएको छ ।

समितीले जिल्लाका १० वटै स्थानीय तहमा गएर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पुर्ण  जनप्रतिनिधिहरूलाई स्वास्थ्य बीमाको अवस्था र यसका फाईदाहरूको बारेमा जानकारी दिइरहेको छ ।

बैतडीमा अहिलेसम्म त्यहाँका ३ हजार ४ सय ४० जनाले स्वास्थ्य बीमा गराएका छन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्नेहरूका लागि स्वास्थ्य बीमाले निकै सहज बनाएको छ ।

नेपाल सरकारले गरिब तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य उपचारलाई सरल तथा सहज बनाउन २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको थियो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....