Nepal Life Insurance

नेप्से ९.१९ अंकको गिरावट आउदाँ बीमा समुह पनि ९७.७९ अंकले घट्यो

प्रकाशित मिति: ३० पुष २०७४, आईतवार १६:०९

Beema News

बीमा न्युज,
पुष ३०, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । जलविद्ययुत र अन्य समुह बाहेक सबै समुहमा गिरावट आउदा नेप्सेमा नौं दशमलब १९ अंकले घटेको हो ।


आज नेप्से नौं दशमलव १९ अंकको गिरावट आउदाँ बीमा समुहमा पनि ९७ दशमलव ७९ अंकले गिरावट आएको छ । बीमा समूहमा गिरावट आउदाँ परिसुचक सात हजार तीन सय ५९ दशमलव ८४ बिन्दुमा झरेको छ । एक दशमलव ३१ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार छ करोड २८ लाख चार हजार रुपैंया भएको छ ।

 

आइतबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाख बराबरको कारोबार भएर सुचिको दोस्रो स्थानमा रहेको छ । यस्तै एक करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएर एभरेष्ट इन्स्योरेन्स शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

कारोबार संख्याको आधारमा दुई बीमा कम्पनीहरु मात्रै शिर्ष सुचिमा रहेका छन् । नेपाल लाइफको एक सय ४९ पटक कारोबार भएको छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको एक सय १० पटक कारोबार भएको छ । आइतबार धेरै कमाउने र गुमाउनेमा कुनै पनि इन्स्योरेन्स कम्पनी रहेका छैनन् ।

आइतबार नेप्से नौं दशमलब १९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ३१ दशलमब १० विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५२ कम्पनीका छ लाख ७० हजार छ सय ४५ कित्ता शेयरहरु चार हजार २२ वटा कारोबारबाट ३२ करोड ८३ लाख ३२ हजार आठ सय १६ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....