Nepal Life Insurance

स्वास्थ्य बीमा फस्टाउन स्वास्थ र बीमा क्षेत्रको ‘लजिकल ह्याण्डसेक’ गर्नुपर्ने ; डा. सुवास प्याकुरेल

प्रकाशित मिति: १ माघ २०७४, सोमबार १२:३४

Beema News

 

 

 

हेल्थ कन्सर्न नेपालका संस्थापक एवं निर्देशक डा. सुवास प्याकुरेलसंग बीमान्युजका सम्पादक लभेश प्याकुरेलले नेपालको स्वास्थ्य क्षेत्र र स्वास्थ्य बीमा विषयमा केन्द्रित भएर गर्नुभएको कुराकानीको सम्पादित अंश ।

 

 

 

हेल्थ कन्सर्नले कस्तो सेवा प्रदान गर्ने गरेको छ ?
हेल्थ कन्सर्न आफैमा एउटा सोसल इन्टरप्राइजेज हो । यस संस्थाले आम समुदायलाई स्वास्थ्यसेवा वा उपचारका लागि उपयुक्त डाक्टर वा अस्पतालका वारेमा फोन, मोबाइल एप्लिकेसन वा अन्य संचार माध्यमवाट जानकारी प्रदान गर्ने गर्दछ । जसले गर्दा उपचार प्रकृया सहज, छरितो तथा झन्झट रहित हुनपुग्दछ । उपचारका लागि उपयुक्त जानकारी लिएर अगाडी वढ्दा समय र पैसा दुवैको वचत हुन सक्दछ । हाल हेल्थ कन्सर्नसंग ४५० अस्पताल र १३,००० भन्दा वढी डाक्टरहरुको जानकारी रहेको छ । निकट भविष्यमा नै मोबाइल फोनवाटै डाक्टर तथा अस्पतालको अपोन्टमेन्टको शुल्क भुक्तानि गरी हातैमा इ–टिकेट प्राप्त गर्न सकिने सुविधा लिएर आउदै छौं । हाल आएर बीमा कम्पनीहरु लगायत यातायात समितिहरुलाई स्वास्थ्यसेवा परामर्शदाताका रुपमा सेवा प्रदान गर्दै स्वास्थ्य सेवाप्रदायकसंग समन्वयकारी भुमिका निभाइरहेका छौं ।

हेल्थ इन्स्योरेन्सका मुख्य फाइदाहरु के के हुन सक्दछन ?
हेल्थ इन्स्योरेन्स आफैमा दुईवटा गरिमामय शब्दहरुको मिलनले वनेको हुन्छ, स्वास्थ्य र बीमा । बीमा र स्वास्थ दुवै प्राविधिक विषय भएको हुनाले हेल्थ इन्स्योरेन्स स्वतः प्राविधिक विषय हो । यसमा स्वास्थ्य क्षेत्र र बीमा क्षेत्रको सहकार्य अत्यन्तै महत्वपुर्ण हुन्छ । दुवै क्षेत्रले एक अर्कासंग ‘लजिकल ह्याण्डसेक’ गर्नैपर्ने हुन्छ । त्यसो हुन सक्दा नेपालमा पनि स्वास्थ्य बीमा छिटै फस्टाउन सक्ने देखिन्छ । यसवाट बीमित वा बिरामीलाई दुइकोणवाट फाइदा पुग्ने देखिन्छ । पहिलो, उपचारका बखत रकम व्यवस्थापनको झन्झट र मारवाट मुक्त भइन्छ जसका कारण आत्मविश्वास बलियो हुन्छ र पैसा जोहो गर्न लाग्ने समय अन्य व्यवस्थापनमा लगाउन सकिन्छ । दोश्रो, बीमाको ‘चेक एण्ड व्यालेन्स’ गर्ने मर्म अनुसार उपचार प्रकृया वैज्ञानिक र पारदर्शि हुने कुराको प्रत्याभुति मिल्दछ । त्यसैगरी सेवाप्रदायक अस्पताल वा चिकित्सकलाई भुक्तानीको ग्यारेन्टी मिल्ने, पेसेन्ट–फ्लो राम्रो हुने र छवी उच्चो रहने जस्ता फाइदाहरु मिल्दछन भने बीमा कम्पनिहरुलाई व्यवसायको क्षेत्र फराकिलो हुन पुग्दछ ।

नेपालमा हेल्थ इन्स्योरेन्सको विकासमा ल्याकिङ चाहि कहाँ देख्नुहुन्छ ?
स्वास्थ्य बीमा आफैमा ‘मल्टि स्टेकहोल्डर प्ले’ हो । नेपालमा स्वास्थ्य बीमामा भईरहेको मुख्य ल्याकिङ भनेको हामी एक ठाउँमा अहिलेसम्म संगै उभिन सकेका छैनौं । स्वास्थ्य बीमाको विकास र प्रवर्धनका लागि राजनैतिक दलहरु, सम्वन्धित मन्त्रालयहरु (अर्थ र स्वास्थ्य), नियामक निकाय, स्वास्थ्य सेवा प्रदायक अस्पतालहरु, बीमा कम्पनीहरु, संचार माध्यम र आम नागरिक सवैको आ–आफ्नो भुमिका रहन्छ । अन्य देशले लगाएका स्वास्थ बीमाका प्रोडक्ट र चेतना अभियानको सवल र दुर्लव पक्षलाइ केलाएर सवै पक्षहरुको इन्पुट सहितको माटो सुहाउदो प्रोडक्ट र कन्सेप्ट तयार गर्न सक्छौ । जुर्मुराएर अगाडि वढदै जादा देखा पर्ने समस्याहरुलाई सोही अनुरुप समाधान गर्दै ‘फाइन टयूनिङ’ गर्न सकिन्छ । अहिलेसम्म भने सम्भावित चुनौतीहरुलाइ हेरेर पहिले नै झस्कीने काम भइरहेको छ । नेपाली उखान ‘ जोगीदेखि भैसी डरा, भैसीदेखि जोगी डरा’ भने झै बीमा क्षेत्र र स्वास्थ्य क्षेत्र एक अर्कासंग चाहिनेभन्दा वढी ससंकित भैरहेको देखिन्छ ।

 

नेपाली इन्स्योरेन्स कम्पनीहरु किन स्वास्थ्य बीमामा पछाडि परेका छन ? यसको प्रमुख कारण के हुन सक्ला ?
कुनै पनि कुराले सुरुमा नै फाइदा दिन सक्दैन । जस्तो कि राइट ब्रर्दसले प्लेन बनाउँदा फाइदा वा नाफा हेरेर इन्भेस्ट गरेको कन्सेप्ट होइन त्यो । उहाँहरुले प्लेनको आवश्कता महशुस गरेर ल्याउनु भएको हो । हामी सवैलाइ स्वास्थ्य बीमा आवश्यक छ भन्ने महशुस भै सकेको छ । यस्तो अवस्थामा यसलाई राम्रो गृहकार्यका साथ पस्कन थाल्ने हो भने यसले पनि कालान्तरमा सेवा र सन्तुष्टी दिएर प्लेनले ठुलो व्यवसायको आकार ग्रहण गरेजस्तै आकार लिदै जान सक्दछ । कुरा यती हो, शुरु शुरुमा चाही स्वास्थ्य बीमा दायित्व र योगदानको रुपमा भएपनि वजारमा आउनु पर्दछ ।

मलाई लाग्छ हेल्थ पोर्टफोलियो आफैमा नाफा मुलक हुन नसके पनि यस्को जोड बलमा अन्य पोर्टफोलियोको व्यवसाय अभिवृद्धी गर्न सक्छन, बीमा कम्पनीहरुले । त्यस वाहेक स्वास्थ्य क्षेत्र र आम नागरीक वा सम्भावित बीमितहरुसंग सघन छलफल हुन नसक्नु अर्को ‘व्याक गिएर’ भएको हुन सक्छ । त्यसभन्दा महत्वपुर्ण सवै पक्षहरु विच समन्वय र मध्यस्थता गरिदीने ‘थर्ड पार्टि एडमिनिस्ट्रेटर (टिपिए)’ को व्यवस्था नहुनुले पनि कम्पनीहरु स्वास्थ्य बीमा लिएर अघि वढन हिच्कीरहेका हुन सक्छन । टिपिएको व्यवस्थासंगै नगद रहित (क्यासलेस) प्रणाली लगाउन, अस्पतालहरुलाई प्यानलमा आवद्ध गराउन, छिटो छरितो एवं तर्कपरक दावी भुक्तानि गराउन र सवै पक्षहरु विच समन्वय गराइ विश्वासको वातावरण सृजना गराइ स्वास्थ्य बीमाको दु्रतगतिमा विकास हुन सक्दछ ।

 

अहिले नेपाल सरकार स्वयमले स्वास्थ्य बीमाको प्याकेज अगाडी बढाइरहेको छ । तपाईको विचारमा यो योजना चाहिँ कता जाला ?
नेपाल सरकार आफैले स्वास्थ बीमा कार्यक्रम लागु गर्नु भनेको असाध्यै स्वागत योग्य कुरा हो । यो कार्यक्रमसगै सरकारले आफ्नो दायित्व त निभाएको छ नै । संगसगैं स्वास्थ्य बीमा सम्वन्धि जनचेतना वढनुका साथै स्वास्थ बीमाको महत्व पनि प्रष्ट भएको छ । यस कार्यक्रम भित्र केही सुधार गरिनु पर्ने पक्षहरु पनि टड्कारो देखिएका छन । जस्तो कि यसको प्रिमियम महंगो छ । सवै अस्पतालहरु समेटिएका छैनन । समेटिएका अस्पतालहरुमा बीमितले खोज्ने सुविधा उपलव्ध छैनन । सुविधा भएको अस्पतालहरुलाई समेटिएको छैन । त्यसैगरी व्यवस्थापकिय र प्रशासकिय पक्षमा बीमा क्षेत्र वा बीमा विज्ञलाई नसमेटदा दावी भुक्तानी र समग्र व्यवस्थापनमा अन्योल हुनसक्ने संभावना छ । यति ग्यापहरुलाई सम्वोधन गर्ने हो भने यस कार्यक्रको भविष्य उज्वल देखिन्छ र बीमा कम्पनीहरुले यस कार्यक्रमको सप्लीमेन्ट प्रोडक्ट तयार पार्न सक्ने अर्को सम्भावनाको ढोका खुलेको छ ।

स्वास्थ्य बीमालाई प्राथमिकका साथ अगाडी बढाउने हो भने यो कुन लेबलको र्माकेट हुन सक्छ ?
ठयाक्कै तथ्याङ्कमा टेक्न गाह्रो भएपनी तार्किक अनुमान लगाउदा वार्षिक पचास देखि साठी अरबसम्मको र्माकेट हुन सक्छ ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....