Nepal Life Insurance

कास्कीमा ६५ हजारले स्वास्थ्य बीमा गर्यो

प्रकाशित मिति: १ माघ २०७४, सोमबार १४:३६

Beema News

बीमा न्युज,
पोखरा । कास्कीमा एक वर्षको अवधिमा ६५ हजारले स्वास्थ्य बीमा दर्ता गराएका छन । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएको हो ।

 

बीमा दर्ता गरेबापत सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले तीन करोड ७० लाख रुपैंया संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सोहि अवधिमा बीमा दर्ता गराएका ३८ हजार नागरिकले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले तीन करोड ५० लाख भुक्तानी गरिसकेको समितिले जनाएको छ ।

बीमा दर्ता गरेका सदस्यले कास्कीका १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाइरहेका छन् । समितिले एक्सरे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेशिन पनि उपलब्ध गराएको छ ।

 

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

हाल एक सय पाँच जना बीमा दर्ता सहयोगी जिल्लाको एक महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्दछ । प्रति पाँच जनासम्मको परिवारले वार्षिक २५ सय योगदानमा आधारित रकम बुझाउनु पर्दछ ।

 

परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रतिसदस्य चार सय २५ रुपैंयाका दरले थप रकम बुझाउनु पर्दछ । सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक ५० हजार रहेको छ । पाँच जना भन्दा बढी परिवारका सदस्य भएमा प्रति थप सदस्य बापत १० हजार रुपैयाँको सीमा बढ्दै जाने र अधिकतम सीमा एक लाख रुपैंया सम्म कायम गरिएको छ । रासस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....