Nepal Life Insurance

रोकिएन नेप्से, बीमा समुह पनि ८८.६० अंकले घट्यो

प्रकाशित मिति: २ माघ २०७४, मंगलवार १६:१२

Beema News

बीमा न्युज,
माघ २, काठमाडौं । नेपाल स्टक एक्चेन्जमा मंगलबार पनि गिरावट देखिएको छ । नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आउदा नेप्सेमा १७ दशमलब ३९ अंकले घटेको हो ।

 

आज नेप्से १७ दशमलव ३९ अंकको गिरावट आउदाँ बीमा समुहमा पनि ८८ दशमलव ६० अंकले गिरावट आएको छ । बीमा समूहमा गिरावट आउदाँ परिसुचक सात हजार दुई सय ७१ दशमलव २४ बिन्दुमा झरेको छ । एक दशमलव २० प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार आठ करोड ३७ लाख ७१ हजार चार सय रुपैंया भएको छ ।

मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड १९ लाख रुपैंया बराबरको कारोबार भएर शिर्ष सुचिको तेस्रो स्थान रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि दूई करोड आठ लाख बराबरको कारोबार भएको छ । यस्तै गुराँस लाइफको प्रमोटर शेयरको एक करोड २८ लाख र एभरेष्ट इन्स्योरेन्सको ९४ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै एक सय ८५ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउने कुनै पनि इन्स्योरेन्स कम्पनी रहेका छैनन् भने गुमाउनेमा सिद्धार्थ इन्स्योरेन्स, प्रुडेसियल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

 

मंगलबार नेप्से १७ दशमलब ३९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय १३ दशलमब ७१ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५४ कम्पनीका आठ लाख ११ हजार सात सय ५९ कित्ता शेयरहरु चार हजार चार सय २१ वटा कारोबारबाट ३६ करोड २२ लाख ८५ हजार ९२ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....