बीमा न्युज,
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आज (बुधबार) आफ्नो कम्पनीको मोबाइल एप्स लन्च गरेको छ । इन्स्योरेन्सले ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त मोबाइल एप्स लन्च गरेको हो ।
एन्ड्रोइड फोनकर्ताले यो एप्स मोबाइलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन भने आइ फोन प्रयोगकर्ताको लागि भने कम्पनीले छिट्टै नै आइ ओ एसमा व्यवस्था गर्न जनाएको छ ।
ग्राहकले कम्पनीको उक्त एप्सको माध्यमबाट जेनेरल इन्फरमेसन, प्रोडक्ट इन्फरमेसन र प्रिमियमको क्यालकुलेसन गर्न सक्नेछन ।
एप्सलाई विशेष किसिमले डिजाइन गरिएको हुदाँ एप्समा भएको सम्पुण जानकारीहरु मोबाइलमा स्टोर हुने हुदाँ एप्सलाई इन्टरनेट बिना पनि चलाउन सकिनेछ ।