Nepal Life Insurance

नेप्से ७.१९ अंकले गिरावट हुँदा, बीमा समूहमा ०.८ अंकको सामान्य गिरावट

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार १६:२५

Beema News

बीमा न्युज,
माघ ३, काठमाडौ । बुधबार नेपाल स्टक एक्चेन्जमा गिरावट आएको छ । नेप्सेमा सात दशमलव १९ अंकले गिरावट आउँदा बीमा समूहमा शून्य दशमलव आठ अंकले गिरावट आएको हो ।

बीमा समूहमा शून्य दशमलव आठ अंकले गिरावट आउँदा परिसुचक सात हजार दुई सय ७० दशमलव ४४ बिन्दुमा झरेको छ । शून्य दशमलव एक अंकले परिवर्तन हुँदा बीमा समूहको छ करोड ६७ लाख ३८ हजार आठ सय रुपैंया कारोबार भएको छ ।

बुधबार कारोबार रकमको आधारमा दुई बीमा समूहहरु शिर्ष सुचिमा रहेका छन । एशियन लाइफ इन्स्योरेन्सको एक करोड १८ लाख ४७ हजार सात सय ३२ रुपैंयाको कारोबार भएर शिर्ष सुचिको चौथौंं स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ८५ लाख ९० हजार पाँच सय २२ रुपैंयको कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ । जसको एक सय छ पटक कारोबार भएको छ । बीमा समूहमा कमाउनेमा प्रुडेन्सिल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन । गुमाउनेमा भने एभरेष्ट इन्स्योरेन्स मात्र रहेको छ ।

नेप्से सात दशमलव १९ अंकले गिरावट हुँदा परिसुचक १४ सय छ दशमलव ५२ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका नौ लाख ८९ हजार एक सय ९६ कित्ता शेयरहरु चार हजार चार सय ६० वटा कारोबारबाट ४० करोड ४८ लाख ६७ हजार चार सय ६७ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....