Nepal Life Insurance

नेशनल लाइफद्धारा १३ लाख बीमा दाबी रकम भुक्तानी

प्रकाशित मिति: ४ माघ २०७४, बिहीबार ११:१७

Beema News

बीमा न्युज,
झापा । नेशनल लाइफ इन्स्योरेन्सको विर्तामोड शाखाले बीमित परिवारलाई १३ लाख भुक्तानी गरेको छ । बीमित कुमबहादुर भण्डारीको इन्स्योरेन्स वापत इलाम सूर्योदय नगरपालिका–२ निवासी भण्डारीका पिता भीमबहादुर भण्डारीलाई दाबी रकम भुक्तानी गरिएको हो ।

 

गत कात्तिक २१ गते मृत्यु भएका भण्डारीको परिवारलाई कम्पनीका प्रतिनिधि बन्धु निरौला तथा नेशनल लाइफ बिर्तामोड शाखा प्रमुख कमलबहादुर बुढाथोकीले १३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । वैदेशिक रोजगारीमा दुबई गएका भण्डारी एक महिनापछि मेडिकल फेल भएसँगै फिर्ता भएका थिए । गत भदौ १९ गते दुबई गएका उनी कात्तिक सात गते स्वादेश फर्किएका थिए ।

 

नेपाल फर्किए लगत्तै उनको मृत्यु भएकाले उनको परिवारलाई रकम प्रदान गरिएको विर्तामोड शाखाले जनाएको छ । १० लाखको इन्स्योरेन्स गरेका भण्डारीलाई १३ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....