Nepal Life Insurance

अछाममा २३ सयले गरे स्वास्थ्य बीमा, १२ लाखको राजश्व सङकलन

प्रकाशित मिति: ४ माघ २०७४, बिहीबार १४:१७

Beema News

संगम महरा,
काठमाडौ । स्वास्थ्य बीमा कार्यक्रमबाट अछामका चार सय ७० घरधुरीका २३ सय व्यक्तिले बीमा गराएका छन् । आर्थिक रुपमा विपन्न र गरिव समुदायका बिरामीको गुणस्तरिय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

हिजो बुधबार सम्ममा २३ सय जनाले स्वास्थ्य बीमा दर्ता गराएको सामाजिक सुरक्षा विकास अछामका दर्ता अधिकारी प्रेम बहादुर बुढाले जानकारी दिनुभयो । सामाजिक सुरक्षा विकास समितिले २०७३ साल पुस नौ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरको हो ।

दर्ता अधिकारी बुढाका अनुसार स्वास्थ्य मन्त्रालयद्धारा लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट ११ लाख ९४ हजार राजश्व संकलन भएको छ ।जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई एक वर्ष भित्रमा पाँच देखि २० प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । तर भौगोलिक बिकटता र प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसिजी, ल्याव लगायतका अन्य उपकरणहरु नभएका कारणले समेत लक्ष्य अनुरुप पुर्याउन नसकेको समेत दर्ता अधिकारी बुढाले बताउनु भयो ।

 

 

साथै नेपाल सरकारले जिल्लाका लागि लगभग नौ सय किसिमका औषधीहरु समेत निःशुल्क वितरण गरिरहेको छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले कमल बजार प्राथमिक स्वास्थ्य केन्द्र, चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र, बयलपाटा अस्पताल, बयलपाटा र जिल्ला अस्पताल अछामबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

जिल्लाका स्वास्थ्य संस्थाहरु बाहेक क्षेत्रीय अस्पताल सुर्खेत, सेति अञ्चल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर मेडिकल कलेज, भेरी अञ्चल अस्पताल, भरतपुर क्यान्सर अस्पताल, शहिद गंगालाल अस्पताल र वीर अस्पतालमाबाट सेवा लिन सकिने सामाजिक सुरक्षा विकास समिति, अछामले जनाएको छ ।

 

स्वास्थ्य बीमा गरेपछि ल्याव, इसिजी, बहिरंग, प्रसुती, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा उपचार लगायतका सेवा प्राप्त गर्न सकिन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....