Nepal Life Insurance

नगरपालिकाबाटै छोरीको विवाह बीमा

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार १२:१७

Beema News

बीमा न्युज,
काठमाडौ । नगरपालिकाले नै छोरीको विवाह बीमा गराइदिने भएको छ । पोखरिया नगरपालिका पर्साको नगरसभाले बालिका स्वर्ण योजना अन्तर्गत छोरी जन्मेको ३५ भित्रमा छोरीको विवाह बीमा गरिदिने भएको हो ।


जन्मदर्ता गराएको बालिकाको नाममा दश हजार एकमुष्ट जम्मा गरि विवाह बीमा गर्ने र छोरी कम्तीमा माध्यमिक तह उत्तिर्ण गरि २० वर्ष उमेर पुगेपछि विवाहको समयमा एकमुष्ट रकम दिने निर्णय गरेको छ ।

छोरीको विवाहको लागि बीमा कम्पनी तथा बैंकहरुले के कस्तो किसिमले सेवा सुविधाहरु उपलब्ध गराउने हो के कति रकम सो बालिकालाई बीमा मैचरिटी गराउने हो सो को विवरण प्रथम पटक प्रकाशित भएकोले २५ दिनभित्रमा बीमा कम्पनी तथा बैकंहरुलाई आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ ।

साथै आवेदनका लागि बीमा कम्पनी तथा बैंकहरुले दर्ता नविकरण गरेको कागजात, आर्थिक वर्ष २०७३/७४ को वार्षिक कारोबार विवरण (वासलात सहित) आर्थिक वर्ष २०७३/७४ को कर क्लिरेन्स कागजात बुझाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....