Nepal Life Insurance

स्वास्थ्य बीमामा तनहुँका १६ हजार सहभागि, ९८ लाख रुपैंया राजश्व संकलन

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार १३:३३

Beema News

प्रकाश रानाभाट,
काठमाडौ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयद्धारा सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट तनहुँ जिल्लाका १६ हजार मानिस लाभान्वित भएका छन । स्वास्थ्य मन्त्रालयले आर्थिक रुपमा विपन्न र गरिव समुदायका बिरामीको लागि गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउने उदेश्यले गत वर्ष देखि यो स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।


तनहुँमा अहिलेसम्म तीन हजार आठ सय ४० घरपरिवारका १६ हजार भन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा गरेका सामाजिक सुरक्षा विकास समिति तनहुँका बीमा दर्ता अधिकारी नवराज भट्टराई जानकारी दिनुभयो । जसबाट ९८ लाख ३४ हजार सात ६० रुपौंया राजश्व संकलन भएको छ ।स्वास्थ्य बीमा कार्यक्रम तनहुँ जिल्लामा गत फाल्गुन महिना देखि सुरु गरिएको र बीमा दर्ता असार देखि सुरु गरिएको दर्ता अधिकारी भट्टराइले बताउनु भयो ।

 

स्वास्थ्य बीमाका लागि बीमाकर्ताहरुले घरघरमा गएर सेवा प्रदान गर्दै आएको सामाजिक सुरक्षा विकास समिति तनहुँले जनाएको छ ।

स्वास्थ्य बीमा गरका व्यक्तिले दमौली आसपासका मानिसले दमौली अस्पतालबाट, बन्दिपुर आसपासका मानिसले बन्दिपुर अस्पतालबाट, तनहुँको उत्तरी भेगका मानिसले लम्जुङ जिल्लाको सुन्दर बजार अस्पतालबाट, देवघाट र आबुँखैरेनी आसपासका मानिसले चितवनको भरतपुर अस्पतालबाट, कात्रे क्षेत्र आसपासका मानिसले पोखराको पश्चिमाञ्चल अस्पतालबाट, दुलेगौडा आसपासका मानिसले जि.पि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र र पुरान्डि प्राथमिक स्वास्थ्य केन्द्र बाट सेवा लिन सक्नेछ कुरा सामाजिक सुरक्षा विकास समिति तनहुँले जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य बीमा कार्यक्रममा पाँच जनाको परिवारका सदस्यले वार्षिक दुई हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य चार सय २५ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । एक वर्षका लागि बीमा गरेका व्यक्तिले वार्षिक रुपमा पचास हजार उपचार खर्च निःशुल्क पाउने व्यवस्था रहेको छ ।

 

बीमा गरेपछि बीमितले बहिरंग, प्रसुती, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा उपचार सेवा लगायतका ३२ किसिमको सेवा पाउनेछन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....