Nepal Life Insurance

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार १६:१३

Beema News

बीमा न्युज,
काठमाडौं, माघ ५ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हाल चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंयाकोे ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले १० बराबर ३.५ को हकप्रद शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको हकप्रद शेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँको २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

चालु आर्थिक वर्ष अघि ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुगेको छ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....