Nepal Life Insurance

युनियन लाईफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न 

प्रकाशित मिति: ७ माघ २०७४, आईतवार १४:४६

Beema News

बीमा न्युज,

काठमाडौं, युनियन लाईफ इन्स्योरेन्सको पोखरा शाखाले अभिकर्ता अभिमुखकिरण तालिम सम्पन्न गरेको छ । हिजो शनिबार शाखाका प्रमुख गणेश धमलाको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

 

कंम्पनीका पोखरा शाखाका सिनियर ऐजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गनाले नेपालमा बीमाको ईतिहास, बीमाको आवश्यकता, आजको समयमा बीमाको महत्व, नेपालमा बीमाको बजारीकरणको अवस्था लगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा पोखरा शाखाका ऐजेन्सी म्यानेजर रिप बहादुर के.सी र पदम बास्ताकोटीले पनि आफ्नो अनुभव बताउनुभयो ।

त्यस्तै युनियनकै दमौली शाखाले पनि अभिकर्ता अभिमुखकरण कार्यक्रममा सम्पन्न गरेको छ । हिजो शनिबार शाखाका प्रमुख राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कंम्पनीका क्षेत्रिय प्रमुख हरि प्रसाद ढुङ्गानाले अग्रिम भुक्तानी तथा आजीवन बीमाको बारेमा जानकारी गराउनु भएको थियो । कम्पनीको यो बीमा योजना नेपालमा नै उदाहरणीय बनेको क्षेत्रीय प्रमुख ढुङ्गानाले बताउनुभयो ।

 


क्षेत्रिय प्रमुख ढुङ्गानाले अग्रिम भुक्तानी तथा आजीवनमा चार/चार वर्षमा पैसा फिर्ता पाइने र फिर्ता पाइसके पश्चात पनि फेरि बीमा गर्न सकिने बताउनु भएको थियो । तनहुँ जिल्ला शाखा प्रमुख श्रेष्ठले नेपालमै पहिलो पटक कंम्पनीले ल्याएको अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना, सिमित भुक्तानी जीवन बीमा योजना, सावाधिक तथा आजीवन जीवन बीमा योजना, सावाधिक जीवन बीमा योजना तथा बालबालिकाको उच्च शिक्षा अध्ययनको लागि बाल साबधिक जीवन बीमा योजना र समहुगत रुपमा गरीने समुहगत (म्यादी) जीवन बीमा योजनाका वारेमा प्रशिक्षण दिनुभयो । पचास जनाको सहभागिता रहेको उक्त कार्यक्रममा एजेन्सी म्यानेजर दिर्घनाथ ढुङ्गाना र शेर बहादुर बोटेले पनि आफ्ना भनाई राख्नु भएको थियो ।

यसै बर्षबाट सञ्चालित युनियन लाईफ इन्स्योरेन्स देशकै प्रतिष्ठित गोल्छा, जगदम्बा, न्यौपाने, टिवडेवाल र गाडिया ग्रुप सँगै राजेश हार्डवेयरको लगानी रहेको छ । २ सय १५ करोडको लगानीमा सञ्चालित यस कम्पनी सञ्चालनको पहिलो त्रैमासिकमै ३ करोड बढी मुनाफा हासिल गर्न सफल भएको कंम्पनीको दाबी छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....