Nepal Life Insurance

नेप्सेमा ९.५ अंकको गिरावट, बीमा समुह पनि ८७.६५ अंकले घट्यो

प्रकाशित मिति: ९ माघ २०७४, मंगलवार १६:०५

Beema News

बीमा न्युज,
माघ ९
काठमाडौ । नेपाल स्टक एक्चेन्जमा दुई सातादेखि लगातार गिरावट आएको छ । आज मंगलबार नेप्सेमा नौ दशमलव पाँच अंकले गिरावट आउँदा बीमा समूहमा ८७ दशमलव ६५ अंकले गिरावट आएको छ ।

बीमा समूहमा ८७ दशमलव ६५ अंकले गिरावट आउँदा परिसुचक सात हजार आठ सय आठ दशमलव १५ बिन्दुमा झरेको छ । एक दशमलव २२ अंकले परिवर्तन हुँदा बीमा समूहको पाँच करोड ६९ लाख ३५ हजार नौ सय रुपैंयाको कारोबार भएको छ ।

 

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ६९ लाख ५० हजार तीन सय २४ रुपैंयाको कारोबार भइ शिर्ष सुचिको आठौं स्थानमा रहेको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको ६९ लाख पाँच हजार नौ सय ५९ रुपैंयाको कारोबार भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको एक सय ६२ पटक कारोबार भएको छ । त्यस्तै नेको इन्स्योरेन्सको ७२ पटक कारोबार भएको छ । मंगलबार कमाउनेमा कुनैपनि बीमा समूहहरु नरहेपनि गुमाउनेमा भने एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन ।

 

नेप्से नौ दशमलव पाँच अंकले गिरावट आउँदा परिसुचक १३ सय ९३ दशमलव चार बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५५ कम्पनीका आठ लाख २८ हजार सात सय सात कित्ता शेयर तीन हजार आठ सय ६२ वटा कारोबारबाट ३२ करोड २६ लाख ७३ हजार तीन सय ५८ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....