Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा १६.१३ अंकले बढ्यो

प्रकाशित मिति: १० माघ २०७४, बुधबार १६:०३

Beema News

बीमा न्युज,
माघ १०, काठमाडौं । धेरै समय पनि नेपाल स्टक एक्चेन्जमा बुधबार सामान्य सुधार देखिएको छ । नेप्सेमा सुचिकृत समुहमा मध्ये फाइन्नस, उत्पादन तथा प्रशोधन र माइका्रेफाइन्नस समुहमा मात्रै गिरावट आउदा नेप्सेमा सामान्य सुधार देखिएको हो ।


आज बुधबार नेप्से १ दशमलव ६९ अंकको सामान्य सुधार देखिदा बीमा समुहमा पनि १६ दशमलव १३ अंकले बढ्को छ । बीमा समूहमा १६ दशमलब १३ अंकको सुधार आउदाँ परिसुचक सात हजार एक सय चार दशमलव २८ बिन्दुमा पुगेको छ । शुन्य दशमलव २३ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार तीन करोड ७८ लाख १९ हजार पाँच सय रुपैंया भएको छ ।

 

बुधबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा युनाइटेड इन्स्योरेन्स मात्रै रहेका छन् । युनाइटेड इन्स्योरेन्सको ६३ लाख रुपैंया बराबरको कारोबार भएको छ । कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै ८४ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउने एभरेष्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स रहेको छ, भने गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।

बुधबार नेप्से १ दशमलब ६९ अंकले सुधार आउँदा नेप्से परिसुचक १३ सय ९४ दशलमब ७३ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका नौ लाख ३८ हजार तीन सय आठ कित्ता शेयरहरु तीन हजार दुई सय छ वटा कारोबारबाट २६ करोड १५ लाख २५ हजार पाँच सय ५३ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....