Nepal Life Insurance

ज्योति लाइफको पहिलो साधारणसभा सम्पन्न, ६६ करोडको आइपिओ निष्काशन गर्ने

प्रकाशित मिति: १० माघ २०७४, बुधबार १६:४०

Beema News

बीमा न्युज,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने भएको छ । पोखरा रजिष्टर्ड कार्यालयमा सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारण सभाले आइपिओ निष्काशन गर्ने निर्णय पारित गरेको हो ।

साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैंया बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जनाएको छ ।

कम्पनीका अध्यक्ष पशुपति मुरारकाको सभापतित्वमा सम्पन्न साभारणसभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७४/७५ को लागि लेखा परिक्षक नियुक्तिको साथै संस्थापक समुहअन्तर्गत ४ जना संचालकहरुको चयन गर्ने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संचालनको छोटो अवधिमा देशका सातै प्रदेशका विभिन्न स्थानमा ४५ वटा शाखा/उपशाखा बाट सेवा विस्तार, ६ वटा आकर्षक वीमा योजना जारी, प्रतिष्ठित बैंकसंग बैंकासुरेन्स सेवा सम्झौता, कम्पनीको व्यवसायिक सद्भावना दुतको आबद्धता, चालु आर्थिक वर्ष को प्रथम त्रैमासमा उल्लेख्य मुनाफा हासिल गर्न सफल हुनु भनेको कम्पनीको बलियो आधार स्तम्भ तयार भएकोले आगामि दिनमा व्यवसाय वृद्धीमा विशेष ध्यान दिइ कम्पनीलाइ अग्रणी स्थानमा पुर्याउने लक्ष्य रहेको  बताउनुभयो ।

संचालकहरुमा पशुपती मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध निवार्चित हुनुभएको छ । नवनिर्वाचित संचालकज्यूहरुलाइ कम्पनीको कार्यकारी उपप्रमुख श्री प्रकाश विक्रम खत्रीले बधाइ तथा शुभकामना दिइ सम्मान गर्नुभयो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....