Nepal Life Insurance

सन नेपाल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति: ११ माघ २०७४, बिहीबार १८:३८

Beema News

बीमा न्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको प्रथम वार्षिक साधारण सभामा गरेको छ । इन्स्योरेन्सको साधारण सभा भने फागुन ४ गते हुनेछ ।

त्यस्तै कम्पनीको साधारण सभाले नयाँ सञ्चालक समितिको चयन, सञ्चालकको बैठक भत्ता, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव पेश हुने सनले जनाएको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकको रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको हो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....