Nepal Life Insurance

क्यान इन्फोटेक सुरु, चार लाखले अवलोकन गर्ने आयोजकको दाबी

प्रकाशित मिति: ११ माघ २०७४, बिहीबार १८:५६

Beema News

बीमा न्युज,
काठमाडौं । आज बिहीवार देखि भृकुटीमण्डपमा कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) इन्फोटेक मेला सुरु भएको छ । माघ १६ गतेसम्म संचालन हुने सो मेलामा दुई सय भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।

क्यान इन्फोटेकको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सूचना प्रविधिको विकासलाई सबैभन्दा प्राथमिकतामा नदिए मुलुक आर्थिकरुपमा अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँ सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका विद्यालयहूमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सूचना तथा प्रविधिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

२४औं संस्करण ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’मा हलभित्र ४९, हल बाहिर पाँचओटा ब्राण्डिङ प्रदर्शनी कक्ष सहित २ सय २२ स्टल रहने आयोजकले जनाएको छ । क्यान इन्फोटेक २०१८ नामक सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ निर्धारण गरिएकोे छ । क्यानले २०७४ माघ १४ गते ‘बिजनेश डे’को रूपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोध गरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....