Nepal Life Insurance

नेप्से ३.७२ अंकले गिरावट, बीमा समूहमा पनि ०.६५ अंकको सामान्य गिरावट

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार १६:३२

Beema News

बीमा न्युज
माघ १५
काठमाडौ । साताको दोस्रो दिन नेपाल स्टक एक्चेन्जमा सामान्य गिरावट आएको छ । नेप्सेमा तीन दशमलव ७२ अंकले गिरावट आउँदा बीमा समूहमा शून्य दशमलव ६५ अंकले सामान्य गिरावट आएको हो ।

बीमा समूहमा शून्य दशमलव ६५ अंकले गिरावट हुँदा परिसुचक सात हजार एक सय ८० दशमलव १६ बिन्दुमा झरेको छ । शून्य दशमलव एक अंकले परिवर्तन हुँदा बीमा समूहको छ करोड २७ लाख १९ हजार नौ सय रुपैंयाको कारोबार भएको छ ।

सोमबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ४९ लाख ९० हजार एक सय ९३ रुपैंयाको कारोबार भइ शिर्ष सुचिको पहिलो स्थानमा पर्न सफल भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको १० करोड १० लाख नौ हजार आठ सय ५२ रुपैयाको कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको पनि ८३ लाख ६७ हजार पाँच सय ८३ रुपैंयाको कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । जसको एक सय ४४ पटक कारोबार भएको छ । सोमबार कमाउने र गुमाउनेमा कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन् ।

नेप्से तीन दशमलव ७२ अंकले गिरावट आउँदा परिसुचक १४ सय दुई दशमलव २३ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय २३ कम्पनीका सात लाख १५ हजार आठ सय ५४ कित्ता शेयर चार हजार एक सय तीन वटा कारोबारबाट २८ करोड ५५ लाख ३६ हजार चार सय २४ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....