Nepal Life Insurance

प्रिमियम इन्स्योरेन्सको एफपिओ माघ १८ गते निस्कासन, गोलाप्रथाबाट एफपिओ बाँडफाँड

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार १९:१४

Beema News

बीमा न्युज,
माघ १७
काठमाडौ । प्रिमियम इन्स्योरेन्सको एफपिओ माघ १८ गते अर्थात भोली बिहीबार निस्कासन हुने भएको छ । साथै बिक्री प्रबन्धक एनएमबी क्यापिटलले प्रिमियम इन्स्योरेन्सको नक्साल स्थित केन्द्रिय कार्यालयमा एफपिओ बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार दुई सय ९० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको थिायो । सोही अनुरुप उक्त कम्पनीले ५२ करोड ६९ लाख ९२ हजार चार सय ३५ रुपैंया बराबरको एफपिओ जारी गरेको हो ।

एफपिओमा मागभन्दा छ दशमलव १२ गुणा बढी एक लाख ८३ हजार आठ सय ४६ जना लगानीकर्ताले तीन अर्व २२ करोड ५८ लाख बराबरको आवेदन दिएका छन । यही आवेदनलाई आधार मान्दा एफपिओ गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बीमा समितिले तोकेको चुँक्ता पुँजी पुर्याउन एफपिओको साहारा लिएको हो । हाल यसको चुँक्ता पुँजी ४४ करोड ८५ लाख तीन हजार आठ सय रुपैंया रहेको छ । एफपिओ पछि यसको चुँक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार तीन सय पुग्नेछ ।

कम्पनीले चुँक्ता पुँजी बढाउनकै लागि गत वर्षको कमाईबाट १३ दशमलव ५२ प्रतिशत बोनस शेयर र ३६ लाख ५९ हजार सात सय ४९ रुपैंया नगत लाभांश दिने घोषणा गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....