Nepal Life Insurance

नेप्से २.२६ अंकको सामान्य वृद्धि, बीमा समूहमा पनि ३१.३४ अंकले वृद्धि

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार १९:१६

Beema News


बीमा न्युज,
माघ १७
काठमाडौ । बुधबार नेपाल स्टक एक्चेन्जमा सामान्य वृद्धि आएको छ । नेप्से दुई दशमलव २६ अंकले वृद्धि हुँदा बीमा समुहमा ३१ दशमलव ३४ अंकले वृद्धि आएको हो ।

बीमा समूहको ३१ दशमलव ३४ अंकले वृद्धि हुँदा परिसुचक सात हजार दुई सय ११ दशमलव ५० बिन्दुले बढेको छ । शून्य दशमलव ४४ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड १४ लाख ६९ हजार छ सय रुपैंयाको कारोबार भएको छ ।

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड २१ लाख ६२ हजार छ सय ९६ रुपैंयाको कारोबार भई शिर्ष सुचिको तेस्रो स्थानमा पर्न सफल भएको छ । भने एनएजी इन्स्योरेन्सको एक करोड ९६ लाख ५० हजार छ सय ९९ रुपैंयाको कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्सयोरेन्सको एक सय ७० पटक कारोबार भएको छ । त्यस्तै एनएजी इन्स्योरेन्सको एक सय ५१ पटक कारोबार भएको छ । बुधबार कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । भने गुमाउनेमा कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन् ।

नेप्से दुई दशमलव २६ अंकले वृद्धि हुँदा परिसुचक १४ सय चार दशमलव ४९ बिन्दुले बढेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका सात लाख ४९ हजार चार सय ८४ कित्ता शेयर तीन हजार आठ सय ९४ वटा कारोबारबाट ३१ करोड १५ लाख ३४ हजार दुई सय ७५ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....