Nepal Life Insurance

प्राइम लाइफको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक, २१८ प्रतिशत खुद नाफा आर्जन

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार १५:०६

Beema News

बीमा न्युज,
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार वीमा शुल्क आर्जनका साथै बीमाकोषको आकार र नाफामा समेत बृद्धि भएको छ ।

 

कम्पनीको दोस्रो त्रैमासको अन्त सम्ममा ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ६१ लख ५१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

 

कम्पनकोे कुल बीमा शुल्क समेत बढेको छ । गतबर्षको दोस्रो त्रैमासको अन्तसम्म ८४ करोड २४ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु बर्षको दोस्रो त्रैमाससम्ममा भने एक अर्ब २ करोड २६ लाख ९५ हजार बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यसअवधिमा छ सय आठ वटा दाबीबाट १५ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गतबर्षको यसै अवधिमा १४ करोड १५ लाख दाबी भुक्तानी गरेको थियो । कम्पनीले यसअवधिमा ५१ वटा बीमा लेखको एक करोड छ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

 

कम्पनीको जगेडाकोषमा ९ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब ५७ करोड तथा महाविपत्ती कोषमा ८२ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको प्राइमको रिजर्भ कोषमा ९३ करोड ४१ लाख ७ हजार रुपैयाँ छ । गत वर्ष यही बेला प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ मात्र थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....