Nepal Life Insurance

बाजुरामा स्वास्थ्य बीमा सुरु, स्वास्थ्योपचारमा सहयोग पुग्ने

प्रकाशित मिति: २५ माघ २०७४, बिहीबार १५:०३

Beema News

बीमा न्युज,
काठमाडौं । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बीमा सञ्चालन भएको हो ।

जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बीमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमले एक घरका पाँच जनाको परिवारले २ हजार ५०० तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिनुभयो ।

बीमाले आकस्मिक बिरामी मात्र नभई अन्य समयमा कुनै बीमाकर्ता बिरामी भए सरकारले छनोट गरेको स्वास्थ्य कार्यालयमा निःशुल्क उपचारका साथै कम पैसामा उपचार गर्न पाइने जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो ।

 

जिल्लामा बीमा सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य बीमाले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवा उपयोगका क्रममा हुनसक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै आर्थिक जोखिम व्यवस्थापन गर्ने बीमाको उद्देश्य छ ।

स्वास्थ्य बीमा कार्यक्रमले आमा सुरक्षा कार्यक्रमसँगै सरकारले आव ०६८/६९ बाट लागू भएको कार्यक्रम सरकारले आव २०७२(७३ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

हालसम्म स्वास्थ्य बीमा सञ्चालन भएको जिल्लाबाट चार लाख ५१ हजार जनाले स्वास्थ्य बीमा गरेको जनाएको छ । भने बीमाबाट १५ करोड ८ लाख १३ हजार रुपैयाँ संकलन भएको छ । रासस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....