Nepal Life Insurance

नेपाल लाइफले पहिलो त्रैमास सम्ममा ८३ प्रतिशतले नाफा आर्जन

प्रकाशित मिति: २८ माघ २०७४, आईतवार १२:१५

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । २०७४ पुस मसान्तसम्मा कम्पनीले २७ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि समयमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो ८३ प्रतिशतले बढी नाफा हो ।

 

३ अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै जीबन बीमा कोषमा ४५ अर्ब ६३ करोड रुपैयाँ छ । कम्पनीले हालसम्म ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा मात्रै ७ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ८० हजार पुगेको छ । उसले यसअवधिमा २ अर्ब ३५ करोड दावी भुक्तानी गरेको छ भने ८३ ५४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

 

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ छ । प्रतिशेयर कुल सम्पत्तिको मूल्य १७४७ रुपैयाँ रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....