Nepal Life Insurance

रिलायन्स लाइफ र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार ११:०४

Beema News

बीमा न्युज,
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायन्स इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

अब बैंकले बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई बीमा कम्पनीका सेवा प्रदान गर्न सकिन्छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । कम्पनीको कूल पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ । कम्पनीले बाकिँ ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने जनाएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....