Nepal Life Insurance

नेको इन्स्योरेन्सको खुद नाफा ५८.९४ प्रतिशतले बृद्धि

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार १६:२३

Beema News

बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ६५ लाख रुपैयाँमा खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड ३३ लाख रुपैयाँ रहेको यस कम्पनीको खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यहि त्रैमासको तुलनामा यो ५८.९४ प्रतिशतले वृद्धि हो ।

 

कम्पनीले खुद बीमा शुल्क आर्जन पनि २४.३३ प्रतिशतले बढेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ४७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद बीमा शुल्क ३८ करोड ५९ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीले १८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।

 

दोस्रो त्रैमासमा ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको गत आर्थिक वर्षको यही अवधिमा ३२ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

 

कम्पनीको जगेडा कोषमा २५ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ३४ करोड २६ लाख रुपैयाँ रहेको छ ।

 

कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ८६ पैसा छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....