Nepal Life Insurance

समाहलिदै नेप्से, बीमा समुहमा २१३.९५ अंकको बृद्धि

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार १५:१७

Beema News

बीमा न्युज,
काठमाडौं । आज साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्चेन्ज सकारात्मक देखिएको छ । नेप्सेमा सुचिकृत सबै समुहमा सुधार देखिदा नेप्से ३६ दशमलब ०१ अंकले सकारात्मक देखिएको हो ।

विहिबार नेप्से ३६ दशमलव ०१ अंकले सुधार आउदा बीमा समुहमा सबै भन्दा धेरै सकारात्मक देखिएको छ । बीमा समुहमा २१३ दशमलव ९५ अंकले बढेको छ । बीमा परिसुचक सात हजार दुई सय ८८ दशमलव ६४ बिन्दुमा पुगेको छ । तीन दशमलव ०२ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार १४ करोड २८ लाख ५६ हजार रुपैंया भएको छ ।

 

विहिबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा नेपाल लाइफ र राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर र प्रमोटर शेयर रहेको छ । कारोबार संख्याको आाधारमा प्राइम लाइफको २५४ पटक कारोबार भएको छ । विहिबार धेरै कमाउने नेपाल लाइफ र हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । भने गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन ।

 

विहिबार नेप्से ३६ दशमलब ०१ अंकले सुधार हुदा नेप्से परिसुचक १४ सय ४२ दशलमब ९५ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६५ कम्पनीका १४ लाख ८४ हजार आठ सय ९२ कित्ता शेयरहरु छ हजार सात सय ५९ वटा कारोबारबाट ६५ करोड ३३ लाख ३१ हजार चार सय १९ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....