Nepal Life Insurance

सन नेपाल लाइफको पहिलो साधारण सभा सम्पन्न, ६० करोडको आईपिओ ल्याउने

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार १७:५६

Beema News

बीमा न्युज,
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बार्षिक सााधारण सभा आज शुक्रबार सम्पन्न भएको छ । साधारण सभा संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा संचालन भएको हो । सभाले सामान्य प्रस्तावमा वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन प्रस्तुत गरेको छ ।


कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७४/७५ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण र सर्व साधारणलाई रु ६० करोडको आईपिओ जारी गर्र्ने निर्णय समेत पारित गरेको छ । साथै कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

 

 

कम्पनी अध्यक्ष अनुज क्यालबाट सभामा प्रस्तुत बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कम्पनीले आर्थिक बर्ष ०७४/७५ को पौष मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरी करिव ३,६०० भन्दा वढी अभिकर्ता तयार गरिनुका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्रि गरी अधिराज्य भरी आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल जनाएको छ ।


कम्पनीले गत पौष मसान्तसम्मको अवधिमा कूल ३ हजार ५२ बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख ९४ हजार नौ सय २२ प्रिमियम संकलन गरी आठ करोड १० लाख ५९ हजार आठ सय २४ रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने संचालकमा अनुज क्याल, नारायण रुंगटा, किरण के.सी., सशांक अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको छ । साथै संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित हुनुभएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....