Nepal Life Insurance

सिटिजन लाइफको क्षेत्रिय शाखा बुटवलमा

प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार १३:३१

Beema News

बीमा न्युज,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत सोमबार देखि बुटवलमा आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको छ । बीमा सम्बन्धि सेवा सुविधा र योजनाहरु कार्यान्वयन गर्ने उद्देश्यले सिटिजन लाइफले बुटवलमा आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको हो ।

 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठबाट संयुक्त रुपमा शाखाको उद्घाटन भएको हो । शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग गुग्ने विश्वास कम्पनीले गरेको छ ।

 

२०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी ३४ वटा शाखा सञ्जाल तथा ४ बैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकबर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....