Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा समुह पनि ४५.२७ अंकले घट्यो

प्रकाशित मिति: १३ फाल्गुन २०७४, आईतवार १५:२७

Beema News

बीमा न्युज,
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्ज गिरावट आएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये होटल समुह बाहेक सबै समुहमा गिरावट आउदाँ नेप्से १२ दशमलब २५ अंकले गिरावट आएको हो ।

 

आइतबार नेप्से १२ दशमलव २५ अंकले घट्दा बीमा समुहमा पनि ४५ दशमलब २७ अंकले घटेको छ । बीमा परिसुचक छ हजार नौं सय ५३ दशमलव ६९ बिन्दुमा झरेको छ । शुन्य दशमलव ६५ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार ७ करोड ६१ लाख ७८ हजार रुपैंया भएको छ ।

 

आइतबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर र साधारण शेयर, नेपाल लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको रहेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर पाँच करोड ४७ लाख र साधारण शेयर तीन करोड ४३ लाख बराबर कारोबार भएको छ । त्यस्तै नेपाल लाइफको एक करोड नौं लाख र लाइम लाइफको ७३ लाख बराबरको कारोबार भएको छ ।

 

कारोबार संख्याको आाधारमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर १६१ पटक र साधारण शेयर १५१ पटक कारोबार भएको छ । त्यस्तै नेपाल लाइफको १०९ पटक र प्राइम लाइफको ९६ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउने कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन भने गुमाउनेमा सुर्या लाइफ इन्स्योरेन्स रहेको छ ।

 

आइतबार नेप्से १२ दशमलब २५ अंकले गिरावट आएदाँ नेप्से परिसुचक १३ सय ७४ दशलमब ७३ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ४६ कम्पनीका पाँच लाख २८ हजार छ सय ४० कित्ता शेयरहरु तीन हजार सात सय ३८ वटा कारोबारबाट २९ करोड १८ लाख १७ हजार एक सय आठ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....