Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा २८६.२ अंकले घट्यो

प्रकाशित मिति: २० फाल्गुन २०७४, आईतवार १६:१२

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । नेप्से ४१ दशमलब ५६ अंकले गिरावट आएको हो । नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आएको छ ।

यस्तै बीमा समूहमा २८६ दशमलव २ अंकको भारि गिरावट आउँदा परिसुचक छ हजार तीन सय ९१ दशमलव १५ बिन्दुले झरेको छ । चार दशमलब २९ अंकले परिवर्तन हुँदा बीमा समूहको १० करोड ८० लाख ९६ हजार रुपैंयाको कारोबार भएको छ ।

आइतबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेको छ । नेपाल लाइफको तीन करोड ३९ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर पनि एक करोड ५३ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको तीन सय ४३ पटक कारोबार भएको छ । त्यस्तै कमाउनेमा कुनैपनि बीमा समूहहरु रहेका छैनन् भने गुमाउनेमा गुराँस लाइफ, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर र एनएलजी इन्स्योरेन्स रहेका छन ।

नेप्से ४१ दशमलव ५६ अंकले गिरावट हुँदा परिसुचक १३ सय चार दशमलब ४३ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५१ कम्पनीका १३ लाख ११ हजार नौं सय ४८ कित्ता शेयरहरु पाँच हजार नौं सय ४३ कारोबारबाट ४८ करोड ३९ लाख ६७ हजार ५०६ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....