Nepal Life Insurance

सिटिजन लाइफ इन्स्योरेन्सको पुल्चोकमा शाखा विस्तार

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार ०८:३६

Beema News

बीमा न्युज,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ललितपुर, पुल्चोकमा शाखा विस्तार भएको छ । हिजो आइतबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको उद्घाटन गर्नुभएको हो ।

 

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोशाकराज पाण्डेले कम्पनीको अवस्था, भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । कम्पनीको यस शाखाको विस्तारपछि जनमानसमा बीमा पँहुच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विस्वास रहेको छ ।

कम्पनीका अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत सेवा पुर्याउदै आएको छ ।

 

कम्पनीले सबै थरिका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना पनि प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

 

कम्पनीको हाल अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी २.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.७५ अर्ब चुक्ता पुंजी रहेको छ भने निकट भविष्यमा ७५ करोडको सर्व साधारणको लागि शेयर जारी गरि चुक्ता पुंजी २.५० अर्ब पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....