Nepal Life Insurance

एनएमबि बैंकले अनलाईन बीमा सेवाको सुरुवात

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहीबार ११:५४

Beema News

बीमा न्युज,
काठमाडौं । एनएमबि बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित बीमा सेवाको सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमै पहिलोपटक गरिएको यो सेवाको शुरुवातसँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै ग्राहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लिकेसनबाट आवश्यकताअनुसार विभिन्न कम्पनीको बीमा योजना योजना खरिद गर्न सक्नेछन् ।

विभिन्न योजनाका फाईदाहरुको तुलना गरेर आफुले रुचाएको योजना घरमै बसेर खरिद गर्न सकिने बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा अनलाइन बीमा सेवा पहिलो भएको बैंकको दावी छ ।

 

सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो ‘कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको योजना सजिलैसँग तुलना गरेर खरिद गर्न सकिनेछ।’

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....