बीमा न्युज,
काठमाडौं । एभरेस्ट इन्स्योरेन्स सिभिल बैंकबिच बैकांसुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता पश्चात एभरेष्ट इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा खरिद बिक्रि तथा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यसअघि मेटलाइफ र एलआईसी नेपाल संग सम्झौता गरी जीवन बीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको बैंकले जनाएको छ ।