Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा समुहमा भारि अंकले घट्यो

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आईतवार १६:१०

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । नेप्सेमा ३१ दशमलव ०४ अंकले घटेको हो । नेप्सेमा सुचिकृत कुनै पनि समुह सुधार नआउदाँ गिरावट आएको हो ।

 

आइतबार बीमा समूहमा सबै भन्दा धेरै २४३ दशमलब १८ अंकको भारि गिरावट आएको छ । बीमा परिसुचक छ हजार दुई सय २५ दशमलव १६ बिन्दुमा झरेको छ । तीन दशमलव ७६ अंकले परिवर्तन आउँदा बीमा समूहमा सात करोड ८६ लाख ५७ हजार तीन सय रुपैंयाको कारोबार भएको छ ।

आइतबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । नेपाल लाइफको दुई करोड ५२ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । राष्ट्रिय बीमा कम्पनीको एक करोड पाँच लाख बराबरको कारोबार भएको छ । यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको ७८ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 


कारोबार संख्याको आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स मात्रै ३११ पटक कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ । आइतबार धेरै कमाउने कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन । तर गुमाउनेमा भने ४ वाट बीमा कम्पनीहरु रहेका छन् । नेपाल इन्स्योरेन्स, एशियन लाइफ, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

 

आइतबार नेप्से ३१ दशमलव ०४ अंकले वृद्धि हुँदा परिसुचक १२ सय ८४ दशमलव ०९ बिन्दुमा झरेको छ । एक सय ६० कम्पनीका सात लाख ६३ हजार पाँच सय ९१ कित्ता शेयर चार हजार आठ सय ३१ वटा कारोबारबाट ३२ करोड ५१ लाख नौं हजार दुई सय ५४ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....