Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्सको एकैदिन ९ वटा शाखा विस्तार

प्रकाशित मिति: १ चैत्र २०७४, बिहीबार १४:५५

Beema News

बीमा न्युज,
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको एकैदिन ९ वटा शाखा विस्तार भएको छ । कम्पनीले आज बिहीबार देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी ९ वटा शाखा विस्तार गरेको हो ।

कम्पनीले बाराको सिमरा, सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

 

कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योति र प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

 

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नयाँ शाखा सञ्चालनमा ल्याई निर्जीवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिनुभएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....