Nepal Life Insurance

नेप्सेमा सामान्य बृद्धि, बीमा समुह ९.४० अंकले बढ्यो

प्रकाशित मिति: १ चैत्र २०७४, बिहीबार १५:२५

Beema News

बीमा न्युज,
काठमाडौ । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्चेन्जमा सामान्य वृद्धि आएको छ । नेप्सेमा २ दशमलव ४० अंकले वृद्धि भएको हो । नेप्सेमा सुचिकृत समुह मध्ये उत्पादन तथा प्रशोधन समुहमा मात्रै गिरावट आएको हो ।

 

नेप्सेमा सामान्य सुधार हुदाँ बीमा समूहमा पनि ९ दशमलब ६७ अंकले बढेको छ । बीमा परिसुचक छ हजार दुई सय ४६ दशमलव ७६ बिन्दुमा पुगेको छ । शुन्य दशमलव १६ अंकले परिवर्तन आउँदा बीमा समूहमा ४ करोड ६६ लाख ६२ हजार रुपैंयाको कारोबार भएको छ ।

 

बिहिबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक करोड दुई लाख बराबरको कारोबार भएको छ । कारोबार संख्याको आधारमा बिहिबार नेपाल लाइफ इन्स्योरेन्सको १०७ पटक र प्राइम लाइफको ७२ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउनेमा प्राइम लाइफ र गुराँस लाइफ रहेको छ । यस्तै गुमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ ।

 

बिहिबार नेप्से दुई दशमलव ४० अंकको झिनो वृद्धि हुँदा परिसुचक १२ सय ८८ दशमलव ३६ बिन्दुमा पुगेको छ । एक सय ५१ कम्पनीका छ लाख २५ हजार चार सय ६७ कित्ता शेयर तीन हजार एक सय ५७ वटा कारोबारबाट २३ करोड ३७ लाख ९४ हजार तीन सय १४ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....